भत्कियो महाकालीको झोलुङ्गे पुल
rajdhanidaily.com · Wed Sep 30 14:03:14 GMT 2026

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल भत्किएको छ । महाकाली नदीको बाढीले आज बुधबार बिहान झोलुङ्गे पुलको एक पिल्लर भत्काएको हो ।
भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका जोड्ने उक्त पुलको दोधारा चाँदनीतर्फको तेस्रो स्पान भत्किएको हो । नदीको बीच भागमा रहेको एक पिलर भत्किएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बताए । महाकाली नदीमाथि निर्माण गरिएको यो झोलुङ्गे पुल दोधारा चाँदनीका लागि आवागमनको पुल रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)