बालविकास शिक्षा सुधार्न माइतीघरमा उभिएरै दबाब
ekantipur.com · Mon May 20 00:13:38 UTC 2024

काठमाडौँ — प्रारम्भिक बालविकास शिक्षा (ईसीडी) सुधारको माग गर्दै नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईं दैनिक ८ घण्टा उभिइरहेका छन् । काठमाडौंको माइतीघर मण्डलामा उनी पाँच दिनदेखि उभिइरहेका हुन् । आइतबार पनि बिहान १० देखि ५ बजेसम्म उनी उभिएका थिए ।
गत बुधबारदेखि उनले उभिएर सरकारलाई दबाब दिन धर्ना थालेको सहयोगी रेखी गुरुङले बताए । उनको मागमा ऐक्यबद्धता जनाउँदै डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले देशभरका विभिन्न स्थानीय तहमा उभिएर धर्ना दिन थालेको छ । समाजवादी विद्यार्थी युनियन उक्त पार्टीको भ्रातृ संगठनसमेत हो । शिक्षामन्त्री सुमना श्रेष्ठलाई खुलापत्र लेखेर ध्यानाकर्षण गराउँदा ईसीडी शिक्षा सुधारका लागि सुनुवाइ नभएपछि दबाबमूलक कार्यक्रम थालनी गरिएको गुरुङले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)