अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
khabarhub.com · Wed Sep 30 14:08:50 GMT 2026

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले अदानचुली गाउँपालिकाको कुकुर फाल्ना छहराखेतदेखि मुगुको सोरू गाउँपालिका–३ भिईसम्म विद्युत् निर्माणका लागि विनियोजित रकमबाट काम नगरी रु नौ लाख २६ हजार हिनामिना गरेको आरोपमा आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)