मुलुकको आर्थिक विकासको नेतृत्व निजी क्षेत्रलाई दिनुपर्छ: एमाले नेता पाण्डे
barnanmedia.com · Wed Sep 30 14:14:15 GMT 2026

पूर्वअर्थमन्त्री एवं नेकपा (एमाले) का नेता सुरेन्द्रराज पाण्डेले देशको आर्थिक विकासको नेतृत्व सरकारले नभई निजी क्षेत्रले गर्नुपर्ने बताएका छन्।
बुधबार काठमाडौंमा नेपाली कांग्रेसका नेता बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै पाण्डेले निजी क्षेत्रले अगुवाइ गर्नुपर्ने बताएका हुन्। मुलुकको आर्थिक विकासका लागि सरकार आफैं अग्रसर हुने नभई सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)