मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ब्याजदर घटेको घट्यै, छैन कर्जा माग

ekantipur.com · Thu Mar 14 01:12:59 GMT 2024

काठमाडौँ — बैंक तथा वित्तीय संस्थामा ब्याजदर निरन्तर घटिरहे पनि अपेक्षित रूपमा कर्जा माग नहुँदा बैंकहरूमा पाँच खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ । रेमिट्यान्स बढिरहँदा निक्षेप थपिइरहेको छ, कर्जा प्रवाह सुस्त छ भने भाका नाघेको कर्जा असुली नहुँदा बैंकहरूको खराब (निष्क्रिय) कर्जा बढेको छ । यसले समग्रमा बैंकको नाफा घटिरहेको तथ्यांकहरूले देखाएका छन् ।

‘निक्षेप बढिरहे पनि कर्जा माग निकै सुस्त छ,’ नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भने, ‘अर्थतन्त्रमा शिथिलता रहेकाले उद्योग व्यवसाय, पूर्वाधार क्षेत्रबाट पनि नयाँ कर्जा माग आएको छैन । प्रतितपत्र खुल्ने क्रममा पनि कमी आएको छ ।’ ब्याजदर घटिरहेका बेला कर्जा माग स्वतः रूपमा बढ्नुपर्नेमा अर्थतन्त्रमा शिथिलता कायमै रहेकाले यस्तो अवस्था आएको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)