खाद्य सुरक्षा अभियानलाई थप प्रभावकारी बनाउँदै मन्त्री मेहेता
nagariknews.nagariknetwork.com · Mon Jun 29 02:16:57 GMT 2026

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेताको निर्देशनमा मन्त्रालयले खाद्य सुरक्षा, गुणस्तर तथा उपभोक्ता स्वास्थ्य संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै बजार अनुगमनलाई थप तीव्र बनाएको छ। मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आइतबार काठमाडौं उपत्यकामा घुम्ती प्रयोगशाला (मोबाइल ल्याब) सहित तीनवटा छुट्टाछुट्टै टोली परिचालन गरी व्यापक अनुगमन तथा निरीक्षण गरेको हो।
होटल तथा रेष्टुरेन्ट अनुगमन टोलीले काठमाडौं महानगरपालिका–१०, बानेश्वरस्थित आनन्द भूमि बिजनेस सेन्टरको स्टोरमा कस्मेटिक ग्रेडको रोज वाटर खाद्य प्रयोजनका लागि राखिएको भेटेपछि उक्त अखाद्य रोज वाटर तत्काल नष्ट गरेको छ। साथै, सम्बन्धित व्यवसायीलाई आवश्यक कागजातसहित पाँच दिनभित्र विभागमा उपस्थित भई स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)