बुटवल रारा मसला उद्योग बन्द नगर्न उच्च अदालतको आदेश
ratopati.com · Wed Sep 30 14:39:39 GMT 2026

बुटवल ।असोज १४ उच्च अदालत तुलसीपुर, बुटवल इजलासले बुटवलस्थित बुटवल रारा मसला उद्योग बन्द गराउने घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीशद्वय मिलनकुमार राई र सानुमैया डंगोलको संयुक्त इजलासले असोज ८ गते जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म उद्योग बन्द नगर्न आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)