मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राहदानीबाट चार करोड ४२ लाख राजश्व सङ्कलन

gorkhapatraonline.com · Sun Sep 11 01:02:51 GMT 2022

तनहुँ, भदौ २६ गते । तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष ०७८/७९ मा रु चार करोड ४२ लाख राजश्व सङ्कलन भएको छ । सो आवमा जिल्लाबाट छ हजार छ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिनुभयो । त्यस्तै आठ हजार आठ सय ५४ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस गरिएको छ भने आठ सय ७२ दु्रत सेवाका लागि सिफारिस गरिएको छ ।

कार्यालयले एक वर्षको अवधिमा विभिन्न शीर्षकबाट रु चार करोड ८० लाख राजश्व सङ्कलन गरेको छ । संस्था दर्ता, हातहतियार, राहदानी दस्तुर, न्यायिक दण्ड जरीवाना, प्रशासनिक दण्ड, जरीवाना र जफत, बेरुजु र परीक्षा शुल्कबाट उक्त राजश्व सङ्कलन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)