मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोहितले पूरा गरे १२ हजार एकदिवसीय रन, ३५औँ एकदिवसीय शतक पनि

ratopati.com · Wed Sep 30 15:26:01 GMT 2026

काठमाडौँ । भारतीय ब्याटर रोहित शर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १२ हजार रन पूरा गरेका छन् । वेस्टइन्डिजविरुद्धको दोस्रो एकदिवसीय खेलमा रोहितले उक्त उपलब्धि हासिल गरेका हुन् ।

रोहित १२ हजार एकदिवसीय रन पूरा गर्ने तेस्रो भारतीय ब्याटर बनेका छन् । उनीअघि सचिन तेन्दुलकर र विराट कोहलीले यो उपलब्धि हासिल गरेका थिए । रोहित १०१ रन बनाउँदै आउट भए । रोहितले ७२ बलमा आफ्नो एकदिवसीय करिअरको ३५औँ शतक पूरा गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)