लिभरपुलका लागि डियाजको भावनात्मक गोल
ekantipur.com · Mon Nov 06 01:13:10 GMT 2023
लन्डन — लुइस डियाजले खेलको अन्त्यतिर गरेको गोलको मदतले लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लुटन टाउनलाई आइतबार १–१ को बराबरी रोकेको छ । डियाजले कोलम्बियामा आफ्ना आमा बुबाको अपहरणपछि पहिलो पल्ट खेल्दै यो गोल गरेका हुन् । उनका बुबा अझै अपहरणकारीको नियन्त्रणमा छन् ।
लुटनले आफ्नो घरेलु मैदानमा ताहिथ चोङको गोलले ८५ औं मिनेटमा अग्रता लिएयता डियाजले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गरेका हुन् । त्यस गोलपछि उनले ‘फ्रिडम फर पापा’ लेखिएको सर्ट देखाएका थिए । यो नतिजापछि भिलरपुल २४ अंकमा तेस्रो स्थानमा उक्लेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)