विवादले हुलाकी सडक निर्माण अलपत्र
ekantipur.com · Wed Feb 01 16:49:56 GMT 2023
पर्सा — चितवन राष्ट्रिय निकुञ्ज र हुलाकी राजमार्ग निर्देशनालयबीचको विवादले हुलाकी राजमार्ग निर्माणमा अवरोध भएको छ । काम नहुनुमा दुवै निकायले एकअर्कालाई आरोप लगाएपछि निर्माण अघि बढ्न नसकेको हो । निकुन्जले रूख काट्न अनुमति नदिँदा काम हुन नसकेको निर्देशनालयको योजना कार्यालय वीरगन्जको आरोप छ ।
तर, आफूले अनुमति दिँदा पनि निर्देशनालयले काम अघि बढाउन नसकेको निकुन्जको भनाइ छ । विवादकै कारण पर्सा र चितवनमा राजमार्गअन्तर्गत करिब साढे १२ किमि सडक र ७ वटा पुल निर्माण रोकिएको छ । पर्साको ठोरी गाउँपालिका र चितवनको माडी नगरपालिकामा लामो समयदेखि काम रोकिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)