पद्माश्री पुरस्कार ‘मोक्षभूमि’ र पद्माश्री सम्मान आचार्यलाई प्रदान गरिने
himalkhabar.com · Mon Sep 27 23:42:38 GMT 2021
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले केशव दाहालको उपन्यास ‘मोक्षभूमि’लाई पद्माश्री पुरस्कार र गायक तथा संगीतकार भक्तराज आचार्यलाई पद्माश्री सम्मान २०७७ प्रदान गर्ने घोषणा गरेको छ।
करिब सात सय वर्ष पुरानो मध्ययुगीन सिंजा खस साम्राज्यमा रहेको मानव सभ्यतालाई मैलो बनाउने दासहरुको मुक्तिको गाथा र गरिमालाई चित्रण गरिएको उपन्यास ‘मोक्षभूमि’ लाई पद्माश्री पुरस्कार अर्पण गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले हिमालखबरलाई जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)