मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीपहिरोले अवरुद्ध मालढुङ्गा–बेनी सडक पाँच दिनपछि खुल्यो

gorkhapatraonline.com · Wed Sep 30 17:28:52 GMT 2026

अविरल वर्षापछि आएको बाढीपहिरोका कारण अवरुद्ध कालीगण्डकी कोरिडोर अन्तर्गतको मालढुङ्गा–बेनी सडक पाँचदिन पछि पुनः सञ्चालनमा आएको छ । कालीगण्डकी नदीको कटान र पहिरोका कारण सडक क्षतिग्रस्त भएपछि असोज १० गते रातिदेखि बेनी–मालढुङ्गा–पोखरा सडक अवरुद्ध भएको थियो ।

सडकको विभिन्न स्थानमा आएको बाढीपहिरोले क्षतिग्रस्त बनाएको सडक मर्मत तथा पहिरो पन्छाएपछि बुधबार साँझदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको हो । सडक सञ्चालनमा आएसँगै बेनीदेखि पोखरा सिधा यातायात सुरु भएको छ । सडक सञ्चालनमा आएपछि बाटोमा रोकिएका सवारीसाधन गन्तव्यमा जान थालेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)