कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था नाजुकः मुख्यमन्त्री शाही
deshsanchar.com · Fri Mar 18 14:44:56 GMT 2022
सिमकोट – मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेशमा मानसिक स्वास्थ्यको अवस्था नाजुक रहेको बताएका छन्।
दोस्रो पटक गृहजिल्ला सरकारी कामले आइपुगेका मुख्यमन्त्री शाहीले मानसिक स्वास्थ्यसम्बन्धी स्वास्थ्यकर्मीका लागि तालिमको उद्घाटन गर्दै अहिले कर्णाली प्रदेशमा दैनिक एक जनाले आत्महत्या गर्ने प्रतिबेदनले देखाएको बताए। यो अवस्था प्रदेशकै लागि भयावह भएको उनको भनाइ छ। यो नकारात्मक कार्यलाई निरुत्साहित गर्न आवश्यक रहेकाले हुम्लामा सामाजिक विकास मन्त्रालयद्वारा स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्यसम्बन्धी तालिमको आयोजना गरिएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)