मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वप्रधानमन्त्रीद्वयसँग वीरगन्जका उद्योगी–व्यवसायीको छलफल

ratopati.com · Wed Sep 30 17:41:31 GMT 2026

पर्सा । वीरगन्ज उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलले आज नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालसँग भेट गरी उद्योगी–व्यवसायीले भोग्दै आएका समस्या तथा चुनौतीबारे छलफल गरेको छ ।

सो अवसरमा सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले उद्योगी–व्यवसायीले भोग्दै आएका समस्या समाधानका लागि प्रभावकारी नीति तथा कानुन निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विभिन्न शीर्षककार, सवारी करलगायतका विषयमा उद्योगी–व्यवसायीले भोग्दै आएका समस्याबारे जानकारी गराउँदै समाधानका लागि आवश्यक पहल गर्न आग्रह गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)