अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
ratopati.com · Sun Jun 07 17:00:37 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ मा सहभागी हुनका लागि इरानी फुटबल टोली अमेरिकी भिसा विवादका बिच मेक्सिको पुगे को छ । आगामी विश्वकपमा इरानका सबै समूहगत खेलहरू अमेरिकामा हुने तय भए तापनि इरानी खेलाडी र सहयोगी टोलीलाई कडा सर्तहरू राखिएको छ । उनीहरूलाई खेल हुने दिन मात्र अमेरिका प्रवेश गर्न र खेल सकिए लगत्तै फर्कनुपर्ने निर्देशन दिइएको छ ।
इरानको तर्फबाट जारी गरिएको जानकारी अनुसार टोलीका १५ जना अधिकारी र सहयोगी कर्मचारीहरूलाई अमेरिकाले भिसा दिन पूर्ण रूपमा अस्वीकार गरेको छ । भिसा नपाउनेहरूमा फुटबल महासंघका अध्यक्ष, उपाध्यक्ष र मिडिया निर्देशक समेत रहेका छन् । इरानी अधिकारीहरूले यसलाई खेलकुदमा राजनीतिक हस्तक्षेपको निकै खराब उदाहरण भन्दै आलोचना गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
फिफा