आर्सनलसँगको दूरी घटाउँदै सिटी
ekantipur.com · Mon Feb 13 01:13:58 GMT 2023
लन्डन — पहिलो हाफमा भएको तीन गोलको मद्दतले म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई आइतबार ३–१ ले हराएको छ । योसँगै उसले शीर्ष स्थानमा रहेको आर्सनलसँगको दूरी पनि तीन अंकमा घटाएको छ ।
सिटीको २२ खेलबाट ४८ अंक भएको छ । उसको तुलनामा एक खेल कम खेलेको आर्सनलको ५१ अंक छ । भिल्लाविरुद्ध सिटीका लागि रोड्रि, इलकय गुन्डोगन र रियाद मेहराजले गोल गरे । ओली आटकिन्सनले भिल्लाका लागि एक गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)