सेनाले बाड्यो चिसोबाट बचाउन नागरिकलाई कम्बल
lokpath.com · Wed Jan 12 14:05:18 GMT 2022
जाजरकोट । नेपाली सेनाले भेरी नगरपालिका ११ जगतीपुरका ८५ घर परिवारलाई चिसोबाट जोगाउन कम्बल वितरण गरेको छ । स्थानीय तह र कुनै पनि सरकारले राहत स्वरुप सामग्री नदिएको समयमा गाउँमै गएर सेनाले कम्बल वितरण गरेको हो
श्री नं. ४ बाहिनी अड्डा अन्तरर्गत चन्दननाथ गणले सो राहत सामग्री वितरण गरेको चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्याम शरण गोतामे जानकारी दिए । परोपकारी काम गर्दै आएको सेनाले पहिलो चरणमा साहेको रिणबाट विस्थापित हुने बाध्य भएका र छाक टार्न मुस्किल भइ भारत जाने परिवारलाई उक्त राहत सामग्री दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)