मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

इजरायलको उडान एक साता सर्यो

karobardaily.com · Sun Jan 30 02:37:29 GMT 2022

इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका मध्ये २१९ युवा त्यहाँ पुगेका छन् । विभागका निर्देशक एवं इजरायल रोजगारी व्यवस्थापनका संयोजक श्रीचन्द्र साहले नेपालस्थित इजरायल दूतावासले जारी गरेको भिसाका आधारमा क्रमशः उडान हुने बताए ।

नेपालमा कोरोना संक्रमणदर लगभग ५० प्रतिशत पुगेपछि यसको असर रोजगारीका लागि इजरायल जाने श्रमिकमा समेत परेको छ । इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भई पहिलो चरणमा इजरायल प्रस्थान गर्न लागेका १२७ मध्ये २८ श्रमिक संक्रमणका कारण इजरायल जान पाएका थिएनन् । यसैगरी सो समयमा इजरायल प्रवेश गरेका मध्ये पनि २० जनाभन्दा बढीलाई कोरोना संक्रमण देखिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)