मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

माथि चर्किएको पहाड, तल भूकम्पपीडितको बास

annapurnapost.com · Tue Dec 05 01:11:35 GMT 2023

जाजरकोट : जाजरकोट नलगाड नगरपालिका–१ पालिगाउँका ८४ वर्षीय गोरे पुन भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका छन्। तर, त्यही त्रिपालमा पनि उनी चैनले सुत्न सक्दैनन्। एकातिर मुटु छेड्ने चिसोले सताइरहेको छ भने अर्कोतिर गाउँमाथि अजंगको पहाड छ, जुन भूकम्पले चिराचिरा छ। पालिगाउँको सिरानमा रहेका राता पर र थुम्केवाजा भन्ने पहाडका थुम्का कुन समय झर्छ टुंगो छैन।

पुन भन्छन्, ‘रातभर निदाउ नै सकिँदैन। सुतेको बेला पहाड खस्छ कि भन्ने चिन्ताले सताइरहेको छ। महिना दिन भयो राम्रोसँग सुत्न सकेको छैन। आफ्नोभन्दा पनि छोरानातिको चिन्ता लाग्छ। निन्द्रा नै हरायो।’ भूकम्पले लेक, औंल र गाउँमा रहेका ६ वटा घर भत्किएका छन्। उनले सरकारलाई विज्ञ पठाएर स्थलगत अध्ययन गर्न मागसमेत गरे।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)