पोखरा–बेनी सडक सञ्चालन
gorkhapatraonline.com · Wed Sep 30 18:07:44 GMT 2026

बाढीपहिरोका कारण पाँच दिनदेखि अवरुद्ध बेनी–पोखरा सडकमा यातायात सञ्चालनमा आएको छ। पर्वतको कुश्मा नगरपालिका –१ सहश्रधारादेखि म्याग्दीको बेनीसम्म विभिन्न ठाउँमा कालीगण्डकीको बाढीले कटान गरेको थियो ।
यस्तै, दर्जनौँ स्थानमा पहिरो खस्दा समस्या भएको थियो । सडक मर्मत भएसँगै असोज १० गते रातिदेखि अवरुद्ध बेनी–पोखरा सडक आज साँझदेखि सञ्चालनमा आएको हो। म्याग्दीको प्रहरी नायब उपरीक्षक राजन कार्कीले बेनीको पोखरासँग पाँच दिनपछि सिधा यातायात सम्पर्क जोडिएको बताउनुभयो । मध्यपहाडी लोकमार्ग आयोजनाले पर्वतको सहश्रधारासम्म मर्मत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)