प्रधानमन्त्री भोलि न्युयोर्क जाँदै त्यतैबाट चीन भ्रमण गर्ने
nayapatrikadaily.com · Fri Sep 15 00:22:00 GMT 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । महासभाको ७८औँ सत्रमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री न्युयोर्क जान लागेको परराष्ट्र मन्त्रालयले बिहीबार जारी विज्ञप्तिमा जनाएको छ । प्रधानमन्त्री प्रचण्ड त्यहीँबाट ५ असोजमा चीन भ्रमणमा जाने पनि तय भएको छ ।
प्रधानमन्त्री प्रचण्डले ४ असोजमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । तीन वर्षपछि नेपालबाट महासभामा प्रधानमन्त्रीस्तरमा सहभागिता हुन लागेको हो । गत वर्ष परराष्ट्रसचिव भरतराज पौड्यालले सम्बोधन गरेका थिए भने त्योभन्दा अघिल्लो वर्ष तत्कालीन परराष्ट्रमन्त्री डा. नारायण खड्काले महासभालाई सम्बोधन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)