नौ महिना अगावै तयार भयो तिल्चाखोला पुल
gorkhapatraonline.com · Wed Sep 30 18:16:19 GMT 2026

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ र ४ जोड्ने बालुवाचौरस्थित तिल्चाखोला पुल निर्धारित समयभन्दा करिब नौ महिनाअघि नै निर्माण सम्पन्न भएको छ ।
कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले आज एक कार्यक्रमबीच पुलको उद्घाटन गर्नुभयो । पुल निर्माणका लागि २०८२ साल असार २० गते सम्झौता भएको थियो । सम्झौताअनुसार २०८४ साल असार २० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने भएपनि निर्माण व्यवसायीले यही असोज ८ गते सम्पन्न गरेको पूर्वाधार विकास कार्यालय चौरजहारीका प्रमुख रामचन्द्र बिसीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)