मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जुम्लामा एक हजार नौ सय छ नयाँ मतदाता थपिए

ratopati.com · Wed Sep 30 18:30:00 GMT 2026

जुम्ला । जुम्लामा एक हजार ९०६ नयाँ मतदाता थप भएका छन् । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलका अनुसार गत चैत २२ गतेदेखि सुरु भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यक्रमअन्तर्गत गत भदौ १५ गतेसम्म राष्ट्रिय परिचयपत्रमार्फत एक हजार ८२५ जनाले नाम दर्ता गराएका छन् ।

यस्तै, कार्यालयमा उपस्थित भएर बायोमेट्रिकमार्फत ८१ जनाले नाम दर्ता गराएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)