मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुन सक्ने

shilapatra.com · Tue Mar 19 00:39:00 GMT 2024

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज मधेश र कोशी प्रदेशलगायत पहाडी भू-भागमा बदली रहनेछ । पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित छिटपुट देखि हल्का वर्षा हुन सक्नेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)