मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अनेरास्ववियू क्रान्तिकारीको सुदूरपश्चिम उपाध्यक्षमा गिरीसहित ५ जना

barnanmedia.com · Tue Sep 17 21:49:24 UTC 2024

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी यूनियनको सुदूरपश्चिम प्रदेश अध्यक्षमा बिरबहादुर थापा निर्वाचित भएका छन्। थापा दोस्रो प्रदेश सम्मेलनबाट प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन्।

उनले १३१ मत प्राप्त गरेर निर्वाचित भएकोमा उनका प्रतिद्वन्दी बिरेन्द्रराज बिष्ट ११५ मत प्राप्त गरे। अन्य पदमा भने उपाध्यक्षमा कैलाशचन्द्र गिरी १५७ मतसहित निर्वाचित भएका छन् भने तिलक माल १८५ मत, जिवन विसी १३८ मत र राजेन्द्र कोली १०४ मतसहित निर्वाचित भएका छन्। यस्तै लक्ष्मी चौधरी निर्विरोध उपाध्यक्ष चयन भएकोमा खेम साउद र विनोद चौधरी भने पराजित भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)