चालु आवका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न मन्त्री यादवको निर्देशन
barnanmedia.com · Fri Jul 31 00:05:36 GMT 2026

काठमाडौँ, १५ साउनः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले चालु आर्थिक वर्षका कार्यक्रमलाई सुरुदेखि नै प्राथमिकताका साथ कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । उहाँले समयमै लक्ष्य हासिल गर्न सबै निकायले परिणाममुखी ढङ्गले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले नयाँ सरकार गठनपछि तीन महिनाभित्र सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना कार्यान्वयनमा मन्त्रालय र मातहतका निकायले देखाएको सक्रियताको प्रशंसा गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)