मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सधै चर्चा र विवादमा रहने राजेन्द्र महताेले किन खाेले नयाँ दल ?

barnanmedia.com · Tue Sep 17 21:56:29 UTC 2024

नेपाली राजनीतिका चर्चित अनि विवादित पात्र हुन् राजेन्द्र महतो। मधेश केन्द्रित राजनीति गरेर उदाएका महतो जीवनकालमा पाँचपटक मन्त्री भइसकेका छन्।

०७९ को निर्वाचनमा सर्लाहीको क्षेत्र नम्बर २ को प्रतिनिधि सभामा पराजित भएपछि उनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका थिए। अध्यक्ष महन्थ ठाकुरसँग विवाद बढ्दै गएपछि उनले दल त्यागेका थिए। तिनै महतोले मंगलबार नयाँ दल घोषणा गरेका छन्। नेपाली राजनीतिबाट किनाराकृत हुन थालेका महतोले आफ्नो अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल गठन गरेका हुन्। महतो एक्लै लोसपाबाट निस्केपछि उनको पार्टीमा को–को जोडिएलान् भन्ने चासोको विषय बनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)