पोखरा–बेनी सडक सञ्चालन
ratopati.com · Wed Sep 30 18:45:00 GMT 2026

म्याग्दी । बाढीपहिरोका कारण पाँच दिनदेखि अवरुद्ध बेनी–पोखरा सडकमा यातायात सञ्चालनमा आएको छ ।
पर्वतको कुश्मा नगरपालिका–१ सहश्रधारादेखि म्याग्दीको बेनीसम्म विभिन्न ठाउँमा कालीगण्डकीको बाढीले कटान गरेको थियो । यस्तै, दर्जनौँ स्थानमा पहिरो खस्दा समस्या भएको थियो । सडक मर्मत भएसँगै यही असोज १० गते रातिदेखि अवरुद्ध बेनी–पोखरा सडक बुधबार साँझदेखि सञ्चालनमा आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)