बिजुक्छेँले गरे भक्तपुरको भाजुपोखरीको स्थलगत निरीक्षण
lokaantar.com · Fri Mar 03 00:36:35 GMT 2023
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नपा वडा नं १ दुधपाटीस्थित भाजुपोखरीको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले लामो समयदेखि संरक्षणको अभावमा जीर्ण अवस्थामा रहेको भक्तपुरको भाजुपोखरीलाई पुनः जीवन दिन भक्तपुर नपाले गरेको कार्य सराहनीय भएको बताए ।
अध्यक्ष बिजुक्छेँले २०२०-२१ सालदेखि नै भाजुपोखरी पुनःनिर्माणको चरणबद्ध रुपमा उत्खनन् कार्य सुरु भएको बताउँदै उक्त पोखरी पनि विश्व सम्पदाकै अभिन्न अंग भएको चर्चा गरे । सांस्कृतिक र ऐतिहासिक महत्वका सम्पदाहरूको पुनरनिर्माणमा समय धेरै लागे पनि मौलिक शैलीमै सम्पदा पुनःनिर्माण र जीर्णोद्धार गर्नुपर्नेमा उनले जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)