मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकार ऋषि धमलाविरुद्ध १० करोड रुपैयाँ क्षतिपूर्ति दाबीसहित काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा

barnanmedia.com · Tue Sep 17 22:11:37 UTC 2024

पत्रकार क्रृषि धमलाविरुद्ध १० करोड रुपैयाँ क्षतिपूर्ति दाबीसहित काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दायर भएको छ । प्राइम एचडी टेलिभिजनमा प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमले पुर्याएको क्षति वापत १० करोडको दाबी गर्दै व्यापारी राधेश्याम खड्काले मुद्दा दर्ता गराएका हुन् ।

आफूलाई ठगको संज्ञा दिँदै धमलाले भदौ १७ गते काठमाण्डौं जिल्ला अदालतमा फिरादपत्र दायर गरेका हुन् । कात्तिक २१ गतेका लागि पेशी तोकिएको दर्ता नम्बर ०८१ सीचार १०२२ को मुद्दामा धमलाले टेलिभिजन कार्यक्रममा इमान विष्टलाई उपस्थित गराएर आफ्नो सार्वजनिक गाली बेइज्जती गराएको खड्काको दाबी छ । झूठा कार्यक्रमको खण्डनका लागि प्रेस काउन्सिलमा निवेदन दर्ता गरेर पत्रकार आचार संहितामा कारबाहीको माग समेत गरेका खड्काले आफूविरुद्ध भएको गालीबेइज्जती उपरको क्षतिपूर्तिका लागि फिराद पत्र दायर गरेको उनका कानुनी सल्लाहकार अधिवक्ता अनन्तराज लुईंटेलले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)