तराईका जिल्लामा विषम परिस्थितिप्रति एनआरएनएद्वारा चिन्ता व्यक्त, शान्तिपूर्ण समाधान खोज्न आग्रह
setopati.com · Fri Jul 31 01:00:00 GMT 2026

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालको सुनसरीको देवानगञ्ज, सिरहा लगायत स्थानमा भएका दुःखद घटना र त्यसपछि केही जिल्लाहरूमा हालै विकसित विषम परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ।
संघका अध्यक्ष डा. हेमराज शर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै वर्तमान परिस्थितिलाई यथाशीघ्र सामान्य बनाई नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न, सामाजिक सद्भाव कायम राख्न तथा समाजमा शान्ति, सुरक्षा र विश्वास पुनःस्थापित गर्न संवाद, सहकार्य, संयम र आपसी समझदारीका माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान खोज्न नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज, स्थानीय समुदाय तथा सम्पूर्ण सरोकारवालाहरूलाई अनुरोध गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)