खल्तीमार्फत डिम्याट र मेरोशेयर नवीकरण गर्दा १००% क्यासब्याक पाउने अवसर
techpana.com · Fri Jul 31 01:14:28 GMT 2026

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर खाता नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत खल्ती एपमार्फत डिम्याट तथा मेरोशेयरको वार्षिक शुल्क भुक्तानी गर्ने ग्राहकमध्ये हरेक १५ दिनमा १०० जना प्रयोगकर्ताले १०० प्रतिशत क्याशब्याक जित्ने अवसर पाउनेछन् । यो योजना साउन महिनाको अन्त्यसम्म लागु हुने कम्पनीले जनाएको छ ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडको नियमअनुसार डिम्याट खाताको वार्षिक नवीकरण शुल्क १५ साउनभित्र भुक्तानी गरिसक्नुपर्ने हुन्छ । तोकिएको समयभित्र शुल्क नबुझाएमा साउन १६ गतेदेखि डिम्याट खाता रोक्का हुन सक्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)