बलात्कार आरोपितलाई पक्राउ नगरिएकोमा प्रदर्शन
ekantipur.com · Sun Jun 05 16:44:24 GMT 2022
धनकुटा — आफ्नै साथीको बुबाबाट बलात्कृत धनकुटाकी एक बालिकाका परिवारले न्याय नपाएको गुनासो गर्दै आएका छन् । गत फागुन ६ मा घटनामा संलग्नविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । तर प्रहरीले अझै आरोपित पक्राउ गर्न सकेको छैन । अनुसन्धान फितलो भएको भन्दै पछिल्लो समय विद्यार्थीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन समेत गर्दै आएका छन् ।
महालक्ष्मी नगरपालिका–२ घर भएका र हाल धनकुटा नगरपालिका–६ मा बस्दै आएका मिलन भनिने ४२ वर्षीय लीलबहादुर भुजेलले ११ वर्षीयालाई बलात्कार गरेको जाहेरी दर्ता भएको थियो । २०७७ वैशाख ४ देखि विभिन्न समयमा भुजेलबाट बालिका बलात्कृत हुँदै आएको जाहेरीमा उल्लेख छ । हदम्याद नाघेका कारण जाहेरीमा ‘बालयौन दुरुपयोगसम्बन्धी कसुर’ उल्लेख गरिएको प्रहरीले जनाएको छ । तर उजुरीमा बालिकालाई बलात्कार गरिएको बारे विस्तृतमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)