लौहपुरुष गणेशमान सिंह न भूतो न भविष्यति
rajdhanidaily.com · Tue Sep 17 23:04:47 UTC 2024

न पहिले कहिल्यै भएको थियो, न भविष्यमा होला ! संस्कृत भाषाको न भूतो न भविष्यतिको शाब्दिक अर्थ त्यही हो । त्यो वाक्यको, संस्कृत वाङ्मयका अमरग्रन्थहरू– रामायण र महाभारतमा मात्र होइनन्, त्यसअघिका पुराणहरूमा पनि प्रशस्त प्रयोग भएको बताइन्छ । महाभारतकालका कृष्ण, रामायणका आदर्श पुरुष राम, नेपालका गौतमबुद्ध र भारतका महात्मागान्धीलाई इतिहासले न भूतो न भविष्यतिमा गणना गरेका छन् । त्यस्तै, आधुनिक नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा लौहपुरुष गणेशमान सिंहलाई पनि उनका अतुलनीय त्याग र बलिदान, अद्भुत समर्पण र निरन्तरता अनि, एकलव्यभावको संघर्षले जुन उपलब्धि हासिल गर्न सफल हुनुभयो, त्यसलाई न भूतो न भविष्यतिको उच्च श्रेणीमा वर्गीकृत गर्ने गरिएको छ ।
त्यसको पहिलो र टड्कारो उदाहरण हो २०४६ सालको ऐतिहासिक जनआन्दोलनको सफलतापछि उहाँलाई राजा वीरेन्द्रबाट प्रधानमन्त्री पद स्वीकार गर्न आग्रह गर्दा विनम्रतापूर्वक इनकार गरेर त्यो पद आफ्ना मित्र तथा कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईलाई प्रदान गर्न सिफारिस गरेको घटना । त्यसअघि र पछि पनि, नेपालको इतिहासमा कसैले प्रधानमन्त्री बन्न अस्वीकार गरेर अरूलाई त्यो पद प्रदान गरेका थिएनन् । बरु, त्यस पदका लागि विभिन्न कालखण्डका घिनलाग्दा षड्यन्त्र, मारकाट र पर्वहरू भएका मात्र होइनन्, कतिपय व्यक्ति राष्ट्रघात गर्न पनि पछि नपरेका घटना प्रमाणस्वरूप इतिहासमै अंकित छन् । त्यसैले गणेशमान सिंहले आफ्नो पुरुषार्थले पाएको प्रधानमन्त्री पद स्वेच्छाले त्यागेको घटना, न भूतो न भविष्यतिको ज्वलन्त उदाहरण हुनपुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)