मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सबैभन्दा बढी कर बुझाउने उत्कृष्ट करदाता सम्मानित

rajdhanidaily.com · Wed Nov 17 23:52:43 GMT 2021

काठमाडौं । आन्तरिक राजस्व विभागले विभिन्न १५ विधामा मुलुकलाई बढी कर तिर्ने उत्कृष्ट १५ करदाताहरूलाई सम्मान गरेको छ । १०औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार अर्थमन्त्री जनार्दन शर्माले यसरी सम्मानित हुने उत्कृष्ट करदाताहरूलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।

एक वर्षको अवधिमा सबैभन्दा बढी कर तिर्ने र सम्मानित हुने संस्थामा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) रहेको छ । यसैगरी, व्यक्तिगत रुपमा मुलुकलाई सबैभन्दा धेरै कर बुझाएर उत्कृष्ट करदाता बन्न सफल व्यवसायी सिद्धार्थशमशेर जंगबहादुर राणा हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)