के सन्धिबेगर सम्बन्ध हुन सक्दैन?
himalpress.com · Fri Jul 31 01:24:19 GMT 2026

नेपाल र भारतका बीच सन् १९५० को सन्धि भएको आज ७६ वर्ष पूरा भयो। मोहनशम्शेरले निजी स्वार्थवश गरेको सन्धिका असमान प्रावधानले नेपालको भौतिक विकास र अन्तर्राष्ट्रिय छवि निर्माण कार्य निकै जटिल एवं कठिन बनाए। पटक-पटक अनाहक नाकाबन्दीमा पार्दा दिल्लीले हरेक चोटि यसै सन्धिको आड लिने गर्यो। तसर्थ अब म्याद गुज्रेको औषधिबाट रोग निको नभएजस्तै समयोचित् समाधान नदिने सन्धि यथावत् राख्नु हुँदैन। उचित विकल्पमा जाने बाटो निर्माण गर्न जाँगर चलाउने समय आएको छ।