सेन्ट्रल जोन विजेता खेलाडीलाई ५ लाख
annapurnapost.com · Thu Dec 30 06:35:00 GMT 2021
काठमाडौं : बंगलादेशमा मंगलबार सम्पन्न एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टोलीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने भएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विजेता खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापकलाई नगद पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले नेपाली टोलीका १२ खेलाडीलाई जनही पाँच लाख रुपैयाँबाट सम्मान गर्ने निर्णय गरेको हो। यसैगरी दुई प्रशिक्षकलाई जनही तीन लाख र टिम व्यवस्थापकलाई दुई लाख रुपैयाँबाट पुरस्कृत गर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)