धनुषामा कर्फ्यु खुकुलो, अत्यावश्यक सामग्री खरिद गर्न पाइने
ajakoartha.com · Fri Jul 31 01:35:00 GMT 2026

जनकपुरधाम- जिल्ला प्रशासन कार्यालयले जनकपुरधाम क्षेत्रमा जारी कर्फ्यु आदेश कायम रहेको जनाउँदै अहिले ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न घरबाट बाहिर निस्कन पाइने बताएको छ ।
कर्फ्युका बेला अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, पानी तथा दूध बोकेका सवारी साधनलगायतका अत्यावश्यक सेवाहरू सुचालु रहने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)