सेना परिचालनका लागि अनुरोध गर्दै धनुषाका प्रजिअले विष्णुदल गणलाई लेखे पत्र
kendrabindu.com · Fri Jul 31 01:46:14 GMT 2026

जनकपुरधाम । धनुषा जिल्लाको सुरक्षा स्थिति संवेदनशील बनेपछि स्थानीय प्रशासनले विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु (निषेधाज्ञा) जारी गर्दै नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले आज (साउन १४ गते) दिउँसो ३:३० बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले सेना परिचालनका लेखेको पत्र सामाजिक सञ्जालमै सार्वजनिक भएको छ । पत्रमा शान्ति सुरक्षा कायम गर्नका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा १ (क) र २ बमोजिम नेपाली सेना परिचालन गर्न विष्णुदल गणलाई अनुरोध गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)