मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रोक्का गरेको एक सातामै फुकुवा गरिएको थियो जीबीको राहदानी

ekantipur.com · Tue Sep 17 23:31:56 UTC 2024

काठमाडौँ — आधा दर्जन सहकारी संस्थाबाट अर्बभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क र अन्य कम्पनीमा लगेर अपचलन गरेको आरोप लागेका गितेन्द्रबाबु (जीबी) राईलाई सरकारी संयन्त्रले नै भगाएको खुलेको छ । राईको राहदानी रोक्का भएको आठ दिनमै संघीय सरकारको सहकारी विभाग र अध्यागमन कार्यालयको मिलेमतोमा देश छाड्ने बाटो खोलिएको पाइएको छ ।

काठमाडौंस्थित हाम्रो नयाँ कृषि सहकारी संस्थामा समेत अध्यक्ष रहेका राईसँगै, सचिव ओमप्रकाश गुरुङ, कोषाध्यक्ष नवीन अछामी र सदस्यहरू असरफ अली सिद्दिकी, दुर्गा चापागाईं पाण्डे र रामहरि अधिकारीको राहदानी सहकारी विभागको सिफारिसमा ०८० असार २० मा रोक्का गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)