मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता

barnanmedia.com · Fri Dec 19 20:15:00 GMT 2025

अमेरिकी प्रतिबन्धको सम्भावित खतरा टार्न सामाजिक सञ्जाल कम्पनी टिकटकले लगानीकर्ताहरूसँग संयुक्त उद्यम (ज्वाइन्ट भेन्चर) सम्झौतामा हस्ताक्षर गरेको छ । यस सम्झौताले टिकटकलाई संयुक्त राज्य अमेरिकामा आफ्नो सञ्चालन निरन्तर कायम राख्न र चिनियाँ स्वामित्वमा प्रतिबन्धको खतराबाट जोगिन मार्ग प्रशस्त गरेको छ ।

एएफपीले अध्ययन गरेको आन्तरिक मेमोअनुसार टिकटकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शौ च्यूले कर्मचारीहरूलाई जानकारी गराउँदै टिकटक र यसको चिनियाँ मूल कम्पनी बाइटडान्स ओरेकल, सिल्भर लेक तथा अबु धाबीस्थित एमजीएक्सलाई प्रमुख लगानीकर्ताका रूपमा समेटेर नयाँ अमेरिकी एकाइ गठन गर्न सहमत भएको बताउनुभएको छ । ओरेकलका कार्यकारी अध्यक्ष तथा संस्थापक ल्यारी एलिसन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दीर्घकालीन सहयोगी मानिनुहुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)