मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

वातावरणमैत्री विकासको बाटो

ekantipur.com · Fri Mar 31 01:04:47 GMT 2023

गत फागुनमा पोखराका ईश्वर केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्ने पूर्वी क्षेत्रमा खिचिएका दुई भिडियो फेसबुकमा अपलोड गरे । उक्त भिडियोमा विमानस्थलमा अवतरण गरिरहेको जहाजमा ठोकिएर घाइते भएर उडिरहेका चरा जमिनमा खसेको देखिन्छ ।

संयोगवश जहाज भने सकुशल अवतरण गर्न सफल भएको छ । माघमा पनि विमानस्थलमा अवतरण गर्दा चरा ठोक्किएको समाचार आएको थियो । यस्ता दुर्घटनामा विश्वकै दुर्लभ र लोपान्मुख गिद्ध र चील परिरहेका छन् । अर्कातिर अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडानमा ठूलो चुनौती तथा जोखिम देखिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वपट्टिको विजयपुर खोला र आसपासको क्षेत्रमा दुई महिनाअघि दिनभरि बस्दा, छ प्रजातिका गिद्ध र तीन प्रजातिका चील नियमित उडिरहेका देखिन्थे । एउटै ‘फ्रेम’ मा देखिएका जहाज र चराका उडानले आकर्षण पैदा गर्नेभन्दा पनि डर लाग्थे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)