करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन, हरेक दिन एक जनालाई लखपति बन्ने मौका !
arthasarokar.com · Fri Jul 31 01:58:25 GMT 2026
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति पाएका संस्थालाई आग्रह गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३ यही साउन २१ गतेदेखि सञ्चालनमा आउने जानकारी सबै ग्राहकलाई पठाउन भनेको छ । सो कार्यक्रममा सहभागिताका लागि मोबाइल एप अद्यावधिक गर्नुपर्ने भएमा त्यसबारेको सूचना ग्राहकलाई पठाउन अनुरोध गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक निश्चल अधिकारीले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)