इङ्ल्यान्डले ४३ टेस्ट खेल्ने
annapurnapost.com · Thu Aug 18 00:38:00 GMT 2022
लन्डन : इङ्ल्यान्डले आगामी चार वर्षमा ४३ टेस्ट खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले घोषणा गरेको ‘फ्युचर टुर्स’अन्तर्गत इङ्ल्यान्डले सन् २०२३ देखि २०२७ का बीचमा ४३ टेस्ट खेल्न लागेको हो।
आईसीसीले घोषणा गरेको ‘फ्युचर टुर्स’ कार्यक्रममा इङ्ल्यान्डले सर्वाधिक धेरै टेस्ट खेल्न लागेको हो। इङ्ल्यान्डले चिरप्रतिद्वन्द्वी अस्ट्रेलिया र भारतसँग पाँच/पाँच खेलको शृंखला खेल्ने छ। आईसीसीले घोषणा गरेको ४३ टेस्टमध्ये इङ्ल्यान्डले अस्ट्रेलिया र भारतसँग २० टेस्ट खेल्नेछ। यस्तै अन्य राष्ट्रसँग भने जम्मा २३ खेल खेल्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)