मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रिमियर लिग : शीर्षस्थानको आर्सनल ब्रेन्टफोर्डसँग बराबरीमा रोकियो

Ujyaaloonline.com · Sun Feb 12 01:15:31 GMT 2023

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा शीर्ष स्थानको आर्सनल ब्रेन्टफोर्डसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा आर्सनल र ब्रेन्टफोर्डले बराबर १–१ गोल गरेका हुन्।

घरेलु मैदानमा भएको खेलको ६६औं मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ७४औं मिनेटमा इभान टोनीले गोल गर्दै ब्रेन्टफोर्डलाई १–१ गोलको बराबरीमा ल्याए। यस बराबरीसँगै आर्सनलले २१ खेलमा ५१ अङ्क जोडेको छ । आर्सनल शीर्ष स्थानमा यथावत् छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)