एनआरएनए सचिवमा कतारबाट शर्माले गरे उम्मेदवारी घोषणा
rajdhanidaily.com · Tue Oct 10 23:13:16 GMT 2023
दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए)को (२०२३–०२५) का लागि सचिव पदमा कतार निवासी होमनाथ शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।
मध्यपूर्वको देश कतारमा करिब साढे दुई दशकदेखि रोजगार तथा व्यवसाय गर्दै आइरहेका शर्माले ‘सुरक्षित वैदेशिक रोजगार र सामूहिक एकता, नयाँ ऊर्जासहित एनआरएनएमा मेरो उम्मेदवारी’ भन्ने नारासहित सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)