संरक्षणको पर्खाइमा मायादेवी सुत्केरीपथ
deshsanchar.com · Sun Jun 30 17:15:06 UTC 2024

लुम्बिनी (मर्चवार) –बुद्धको जन्मसँग जोडिएको मायादेवी सुत्केरीपथ (लुम्बिनी–तिलौराकोट) मार्ग प्रचारप्रसार, संरक्षण र प्रवर्द्धनको पर्खाइमा छ। मायादेवी सुत्केरी भएपछि शिशुसहित घर फर्किनुभएको उक्त मार्गको प्रचारप्रसार र संरक्षण नहुँदा ओझेलमा परेको हो।
लुम्बिनीको पडरिया गाउँस्थित प्रवेशद्वारभित्र सर्वसाधारणलाई प्रवेशमा रोक लगाएपछि मायादेवी सुत्केरीपथ हुँदै मायादेवी मन्दिरसम्म जाने यात्रुको बाटो बन्द भएको छ। मायादेवी मन्दिरबाट पडरिया, खुनगाई, मनौरी, सिबलवा, बिजुवा, सिसहनिया, दोहनी, निगलिहवा हुँदै तिलौराकोट दरबारसम्मको करिब ३६ किलोमिटर खण्डलाई मायादेवी सुत्केरीपथ भनिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)