मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैंग्लोरदेखि पैदलै मुक्तिनाथ

ekantipur.com · Fri Aug 05 00:48:54 GMT 2022

बागलुङ — भारत बैंग्लोरका एन चन्द्रशेखर सरकारी जागिरे जीवनपछि निवृत्त भए । त्यही फुर्सदिलो जीवनलाई ऊर्जावान् बनाउन पैदल यात्राको योजना बनाए । बैंग्लोरदेखि मुक्तिनाथसम्मको ९ हजार ५ सय किलोमिटर पैदलयात्रा पूरा गरेका उनी बिहीबार पोखरा झरेका छन् ।

कोरोना संक्रमणको अन्त्य, नेपाल–भारतका जनताबीच भाइचारा सम्बन्ध स्थापित र धार्मिक यात्रीका रूपमा १९ हजार किमि पैदलयात्रा लक्ष्य राखेको उनले बताए । पोस्ट अफिसरबाट सेवानिवृत्त भएपछि केही समय घरपरिवारलाई दिएपछि उनले यात्राको योजना बनाएका हुन् । भारतको कर्नाटक, महाराष्ट्र, गुजरात, मध्यप्रदेश, उत्तर प्रदेशसहित नेपालको नेपालगन्ज, लुम्बिनी, पाल्पा, स्याङ्जा, पर्वत, बागलुङ हुँदै मुक्तिनाथसम्म पैदलयात्रा गरिसकेका छन् । ‘मेरो यो धार्मिक र सद्भावना यात्रा हो,’ ६७ वर्षीय उनले भने, ‘शिवलिंगहरूको दर्शनलाई पनि यात्रामा जोडेको छु ।’ हरिद्वार, ऋषिकेश, नीलकण्ठजस्ता क्षेत्रको पनि पैदलयात्रा गरिसकेको उनले बताए । भारतकै यमुनोत्री, गंगोत्री, केदारनाथ र बद्रीनाथको पनि उनले भ्रमण गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)