असई विकको हत्या प्रकरणमा फरार पूर्वसांसद पक्राउ
farakdhar.com · Sun Jun 30 17:26:48 UTC 2024

महोत्तरीमा कार्यरत सशस्त्र प्रहरीका असई थमन विकलाई मधेस आन्दोलनको क्रममा आठ वर्षअघि विसं २०७२ भदौ २५ गते हत्या गरिएको प्रकरणमा फरार रहेका पूर्वसंघीय तथा प्रदेश सांसद कौशलकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको सोनमा गाउँपालिका–५ खैरबनी घर भएका उनलाई शनिबार राति जिल्लाको सम्सी गाउँपालिका–५ पोखरभिण्डा गाउँमा उनले चढेको प्रदेश २–०२–००१–च ००४५ नम्बरको महिन्द्रा पिकअप गाडीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको डिएल ३ सिएवाई ८६१५ नम्बरको स्कारपियोमा ठक्कर दिँदा दुर्घटनामा परेपछि उनी पक्राउ परेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)